Thursday, April 4, 2013

चेलापन


चेलापन शब्द ग्रिक भाषाको मेठेतेस  भन्ने शब्दबाट लियको हो जसको अर्थ सिकारु वा विध्यार्थी हुन्छ / चेला भनेको बिधार्थी  हुनुहो / ख्रिस्तियन जगतमा चेला भनेको येशूलाई पछ्याउने वा येशूको शिक्षाको बिधार्थी भन्ने बुझिन्छ /

१.ख्रिस्तियन हुनु भनेको चेला हुनु हो / चेला नभयर ख्रिस्तियन हुन् सक्नु हुन्न/ सुसमाचारको काम भनेको चेला बनाउनुहो, यो नै येशू आफ्ना चेलाहरुलाईj दिनु भयको मुख्य मर्म हो/ जुन कुरा आज ख्रिस्तले हामीबाट पुरा भयको चाहनु हुन्छ/
मात्ति २८:१९-२० जाऊ र सबै जतिका मानिसलाई चेला बनाउ ..................................
२. येशू चेला हुनु भनेको रुपान्तरित हुनु हो / भजनसंग्रह ११९:९७-९९
३.येशूको चेलाको रुपमा रहने उत्तम तरिका आफुलाई उहाको निर्देशनमा राख्नु हो/ 
 फिलिप्पी ३:१७ - भाई हो तिमीहरु मेरो अनुकरण गर्नेहरु होओ, हामीमा तिमिहरुकोले देखेका नमुनानुसार जिउनेहरुलाई हेर/
पावलले आफुलाई परमेश्वरको निर्देशनमा सठिक तवरले हिडायको तथ्य यसबाट थाहा गर्न सकिन छ, जसले गर्दा पावलले आफ्नो सेवाकाइको क्षेत्रमा थुप्रै उपलब्धिहरु हासिल गरेको कुरा थाहा गर्न सकिन्छ/
१ पत्रुस ५:१-३
मन्दलिभित्र चेलापनको क्षेत्रमा कसरी सुधार गर्न सकिन छ ?
पहिलो सबैभन्दा महत्वपुर्ण कुरा प्रार्थनामा हो /
प्रार्थना हामी ख्रिस्तियनहरुले जीवन जिउने शैलीको रुपमा स्थापित गर्नु पर्दछ/
- प्रार्थनाको सट्टामा राख्ने कुनै कुरा छैन नत तपाइंले कमाएको -धन दौलत, मान इज्जत, शिक्षा आदि
- ख्रिस्टसंगको आफ्नै सम्बन्धका बारेमा प्रार्थना गर्नु/
भजनसंग्रह ४२:१

दोस्रो कुरा एक अर्का संग बलियो सम्बन्ध स्थापना गर्न परयत्न गर्नु/
- बलियो सम्बन्ध स्थापित गर्न कहिले कहिँ तपाइको साथि वा छिमिकिलाई चिया वा खानाको लागि निमन्त्रना दिने, जसले गर्दा एक अर्का बीच समधुर सम्बन्ध स्थापना हुने अवसर प्रदान हुद्छ, प्रेम / एकताको बाताबरण सिर्जना हुद्छ/
- मण्डलीमा भएको बलियो सम्बन्धले एक अर्का बीच शिक्षा, उत्साह र सुधारको बाताबरण सिर्जना गर्दछ/
- बलियो सम्बन्धले मात्र एक अर्का बीच गल्तिको क्षामा लिने दिने बाताबरण सिर्जना हुद्छ/
तेस्रो कुरा संगै बसेर गरेको बाइबल अध्यनले बुद्धि र व्यक्तिगत सुधारमा बृधि गर्दछ/

No comments:

Post a Comment